२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सरकारबाट आवास सुविधा (भाडा) नलिने सञ्चार राज्यमन्त्री बास्कोटाको घोषणा


११ चैत, काठमाडौँ । नेपाल सरकारका सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले आवास सुविधान नलिने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासलाई आफ्नो क्वार्टर बनएका बास्कोटाले अब आफूले सरकारबाट मन्त्रीले पाउने आवास सुविधान अर्थात घर भाडा नलिने बताए ।

मन्त्री क्वार्टर पुल्चोकमा ठाउँ नपुगेपछि प्रधानमन्त्रीको निजी निवासमा पुगेका बास्कोटाले आफूले ओलीले भनेजस्तै मितव्ययिताको सिद्धान्तलाई अनुशनरण गर्ने बताए ।

उनले आफू ओलीको घरमा बसेको र ओलीले आफूसँग भाडा नलिने भएकाले राज्यबाट पाउने सुविधान आफूले नलिने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:१३

https://srdb.com.np/