२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

गृहमन्त्री नै भन्छन ‘नेपाल तस्करीको स्वर्ग बन्यो’


११ चैत, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल तस्कारका लागि स्वर्ग बनिरहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग आइतबार कुरा गर्दै गृहमन्त्री थापाले दलाल पूँजीपतिहरुले नेपाललाई तस्करीको स्वर्ग बनाइरहेको बताए ।

उनले तस्करीकै कारण तस्कर र अपराधीविरुद्धको लडाइ चुनौतिपूर्ण बनेको बताए । मन्त्री थापाले अर्बाैंको सुन, मानव र लागूऔषधको तस्कारी खास खास नाकाबाट भइरहेको बताउँदै यसको नियन्त्रण नै आफ्नो प्रमुख चुनौति रहेको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १७:३६

https://srdb.com.np/