१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

१८ पुस, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन  छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो । यस्तै आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १०:५६