७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

बल प्रकरणमाः अष्ट्रेलियाका कप्तान र उप–कप्तानद्वारा राजीनामा


११ चैत, काठमाडौँ । बल प्रकरणमा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान स्टिव स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् । साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेल्न बाँकी हुँदै आइतबार स्मिथले आफू कप्तानमा नरहेको जानकारी गराएका छन ।

साउथ अफ्रिकासँगको खेलमा भएको बल म्याचको बल ट्याम्परिङको प्रकरणमा आफूहरुको गल्ती स्वीकार्दै स्मिथ र वार्नरले राजीनामा दिएका हुन् ।

क्रिकेट अष्ट्रेलियासँगको बैठकमा स्मिथ र वार्नरले राजीनामा दिन सहमति जनाएको आईसीसीले जनाएको छ । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले अष्ट्रेलियाली क्रिकेटको नियमक निकाय क्रिकेट अष्ट्रेलियालाई स्मिथलाई कप्तानबाट हटाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १७:११