संसद पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता बढ्योः महेश बर्ताैला
७ पुस, काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बर्ताैलाले संसद पुनस्र्थापना गर्ने मागको सान्दर्भिकता बढेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै बर्ताैलाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद पुनस्र्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टी गरेको छ ।’

यस्तो छ बर्ताैलाको टिप्पणी
प्रधानमन्त्रीले आज बोलाएको बैठकले नै संसद पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टी गरेको छ ”
निर्वाचन को मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ । तर राजनितिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्री ज्युले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वचान हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको छ । यसले मुलुकमा बिद्यमान जटिल परिश्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन ब्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको छ । खेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडी को अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता बिपरित नियमहरु अदलबदल हुन सक्दैन । त्यो खेलको स्वच्छता , निष्पक्षता र निर्भयता का लागी होइन र हुन सक्दैन ।
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १८:१८












