१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

खगेन्द्र संग्रौलाले प्रधानमन्त्री ओलीलाई खुस्केट र प्रचण्डलाई ओलीको अंगरक्षक किन भने ?


११ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्र एमालेसँग एकतालाई तयार भएपछि अताल्लिएका लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक परीक्षा गिरयोस् भन्दै ट्वीट गरेका छन ।

एमाले र केपी शर्मा ओलीका कटु आलोचक संग्रौलाले आफ्नो ट्वीटरमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई खुस्केटको संज्ञा समेत दिएक छन । संग्रौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीको अंगरक्षकको संज्ञा दिएका छन ।

उनले लेखेका छन “नेपालमा दुई वर्षमा रेल कुद्छ,दुई वर्षमा नेपालकाे पानीजहाजले मान्छे अाेसार्छ।” – चटके प्रधानमन्त्री केपी शर्मा अाेली सम्भावित खुस्केट अाेलीकाे मानसिक परीक्षा गिरयाेस् भनी मैले सविनय निवेदन गर्दा अाेलीका नवनियुक्त अङ्गरक्षकतुल्य पीके दाहालकाे अापत्ति हाेला र ? कुन्नि है मान्यवर!”

सामान्य विषयमा समेत छुद्र टिप्पणी गर्ने लेखक भनेर आरोप खेपिरहेका संग्रौलाको ट्वीटमा केहीले समर्थन जनाएपनि धेरैले गाली गर्दै उनैको स्वास्थ्य परीक्षणको माग गरेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १५:५७

https://srdb.com.np/