१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

खाेटाङको हलेसी मन्दीरमा १५ दिने मेला


११ चैत, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थ हलेसी मन्दीरमा आज रामावमीको अवसरमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ भने १५ दिनसम्म लाग्ने मेला भर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्टबाट पनि हजारौँ दर्शनार्थीको सहभागिता छ ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।

उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।

“हलेसीसम्मको सीधा यातायात जोडिएपछि काठमाडौँं, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायत दर्शनार्थी सीधै गाडी रिजर्भ गरेर आएका छन”,। उनले भने, “दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न र मेला अबधीभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली र स्वयंसेवक परिचालन गरिएको छ ।”

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुंँदेलो गुफालगायत धार्मिक तथा पर्यटकीयस्थल छन् ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबारलगायतका ठूलो मेला लाग्छ । तराईसँगको सीधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १५:१२

https://srdb.com.np/