८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते

४ मंसिर, काठमाडौं । बाराको सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा केही घाइते भएका छन्। आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हाे । झडपमा परेर केही घाइते भएका हुन् । अहिले सिमरामा कर्फ्यु लगाइएको छ। १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १३:५०