७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

बाराको सिमरामा आज पनि कर्फ्यु

४ मंसिर, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ। प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले आज पनि कर्फ्यु जारी गरेको हो।

प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दाया बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) अनुसार ती स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा उल्लेख छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १३:२०