२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ कात्तिक, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : November 12, 2025 at 11:05 am