एकीकृत समाजवादीसँगको अध्याय समाप्त भयाेः रामकुमारी झाँक्री
१९ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको अध्याय समाप्त भएको घोषणा गर्नुभएकाे छ । बुधबार बसेरा होटलमा पत्रकार सम्मेलन गरेर उहाँले यस्ताे बताउनुभएकाे हाे ।
झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताउनुभयाे ।
‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ,’ उहाँले भन्नुभयाे, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटन सँगसँगै टुंगियो ।’
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १२:२३












