३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न युरोपियन युनियनलाई ओलीको चेतावनी


११ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न युरोपियन युनियन (इयु)लाई चेतावनी दिएका छन् ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आइतबार ओलीले इयुको पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएकोमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन । उनले संविधान नेपालको उपलब्धी भएको भन्दै त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए ।

ओलीले इयुको त्यस्तो सुझावले नेपालललाई अण्डरमाइन्ड गरेको भन्दै आफू र नेपाली जनताले हेपिएको महसुस गरेको बताए । उनले उक्त सुझाव तुरुन्त सच्याउन इयुलाई आग्रह पनि गरेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:०९

https://srdb.com.np/