सुनको मूल्य एकैदिन तोलामा ८ हजार १ सयले बढ्यो, प्रतितोला २ लाख ४८ हजार नाघ्यो
२८ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो । (यसअघि अन्य भएकाे सच्चाइएकाे छः सम्पादक)
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ११:१८








