२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२६ असोज, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ११:०२