१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

झापाको दमकमा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा

१३ माघ, झापा । एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमकमा सञ्चालनमा अाएको छ । दमक नगरपालिका–५ क्याम्पसमोडमा नयाँ शाखा सञ्चालनमा अाएको हो । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार दमक चोक शाखाको उद्घाटन गरे।

गत भदौ १६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे ।

मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

प्रकाशित मिति : January 27, 2019 at 10:52 pm