सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
२४ असोज, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कायम भएको सुन आज तोलामा ४२ ०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १०:५३








