२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

२३ असोज, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, यस दिन चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:०१