३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

सात सहसचिवको सरूवा, रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा

२१ असोज, काठमाडौँ । सरकारले सात सहसचिवको सरूवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ७ सहसचिवको सरुवा गरेको हो ।

सरकारले लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा क्षमता विकास महाशाखामा रहनुभएको रुद्रसिंह तामाङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा सरूवा गरिएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार महाशाखा प्रमुख गजेन्द्र ठाकुरको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख जीवलाल भुसालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको. छ । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका छवीन्द्र पराजुलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यस्तै तीर्थराज भट्टराईको पनि संघीय मामिला तथा सामान्य प्रशासा मन्त्रालयकै अतिरिक्त समूहमा सरुवा भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ०९:४६