प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त
१२ असोज, काठमाडाैँ । उकालो डट कमका प्रधानसम्पादकपत्रकार अजयभद्र खनाल प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख सल्लाहकारमा नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले नियुक्तिको जानकारी दिनुभएको हो । खनाल सामाजिक नवप्रवर्तन तथा विदेश नीति केन्द्र (CESIF) को अनुसन्धान सल्लाहकार पनि हुनुहुन्छ । खनाल यसअघि काठमाडौँबाट प्रकाशित हुने अंग्रेजी ब्रोडसिट दैनिक द हिमालयन टाइम्सका पूर्व सम्पादक हुनुहुन्छ ।
खनाल विगत दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, शासन र राष्ट्रिय सुरक्षा हितहरूमा अनुसन्धान गर्दै आउनुभएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १७:१३












