बालेनविरूद्ध स्टन्ट गर्न बञ्चरेडाँडा पुगेका निकोलस भुसाल कर्मचारीबाट लखेटिए
१२ असोज, काठमाडौँ । जेनजी विद्रोहको जगमा मन्त्री मागेर नपाएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको विरूद्धमा गतिबिधि गरिरहेका अभियन्ता डा निकोलस भुसाल बञ्चेडाँडाबाट लखेटिएका छन ।

बञ्चरेडाँडामा रहेका फोहर व्यवस्थापनमा काम गर्न स्थानीय कमर्चारीले डा भुसाललाई लखेटेको स्थानीय बैकुण्ठ घिमिरेले जानकारी दिनुभयो । धुनिवेशी नगरपालिकाको एक जना माओवदी नेतृ बोकेर आएका भुसालले जवरजस्ती भित्र प्रवेशको कोशिश गर्दा लेखेटिएको घिमिरेले बताउनुभयो ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १२:४६












