आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको चर्चित टिकटकर आँचल नाथको निधन
११ असोज, काठमाडाैँ । शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचाररत उहाँको शनिबार निधन भएको हो ।

आँचल आफैँ जलेको हो वा अरू कसैले शरीरमा आगो लगाईदिएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको परिवारले जनाएको छ ।
प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार १२:०४












