१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल हुने

१० असोज, काठमाडौं । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी सुरू गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरू भएको जानकारी गराउनुभएको हो ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराउनुभयाे ।

अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन/दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुनेछ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १०:५३