७ असार २०८३, आइतबार | Mon Jun 22 2026

विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

५ असोज, काठमाडौं । विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमाले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल गरिदिन आग्रह गरिन् ।बहिनी पुष्पाले पनि आफ्नो दाई निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशिघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गरिन् । जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको बताइन् ।

प्रकाशित मिति : September 21, 2025 at 5:01 pm