८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बालेनले हर्कलाई भनेः जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन

३१ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ।

त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन्। उनले साम्पाङलाई जति गाली गरेपनि माया गरिरहने बताएका छन् । बालेनले एकतर्फी भएपनि साँचो माया गरेको भन्दै हर्कलाइ सम्बोधन गरेर फेसबुकमा स्टाटस लेखेका हुन् ।

बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ १ तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love’

त्यसअघि हर्कले बालेनलाई लक्षित गरेर फेसबुकमा ४ वटा पोस्ट गरेका थिए।

यस्तो छ हर्कले फेसबुकमा लेखेको स्टाटसः

-चान्चुने नठान !सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा ! हारें भने तेरो घरमा १ बर्ष नोकर बस्छु ! तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस् ! सक्छस् मुला लुक्छस् हुतिहारा।

-को हो त्यो भित्र बसेर खेल्नेर ? बरु बाहिरै आएर भिड्न रेडी बन् !

-कस्ले नजान्नाले र कस्को अकर्मण्यताले या कस्को डिजाइनमा जेनजी आन्दोलन भयोरु अब अघिल्तिरको यात्रा कसरी गर्ने भन्ने बारे गम्भीर अध्ययन गर्ने बेला हो यो। वौद्धिक बहसहरू हुन जरुरी छ।

-लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिँदैन।

प्रकाशित मिति : September 16, 2025 at 2:38 pm