१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो, विघटन गर्न पाइँदैन: सोबिता गौतम

२५ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नहुने बताएकी छिन् ।

बुधबार राति एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । संसद विघटन पछि जनता संकटमा पर्ने, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ।’

संवाद र निकास दिनुपर्नेमा जोड दिँदै संसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ ।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग समेत गरिन्।

उनले अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने जेनजीहरूले चाहेको मान्छे ल्याउन सकिने बताइन्।

प्रकाशित मिति : September 11, 2025 at 12:32 am