२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

प्रधानसेनापतिसँग भेटेपछि दुर्गा प्रसाईं भन्छन्ः नेतृत्वको लोभ छैन, कोही अगाडि नबढे पिठ्युँ देखाएर भाग्दिन

२५ भदाै, काठमाडाैँ । प्रधानसेनापति अशाेकराज सिग्देलसँग दिनभर भएको लामो छलफलपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको लोभ नभएको बताएका छन् ।

“मलाई नेतृत्वको मोह छैन, देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो,” उनले भने, “जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेन शाह वा शुशिला कार्की, जोसुकै तयार छन् । उनीहरूको नेतृत्व स्वीकार्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।”

उनले वर्तमान संकटलाई समाधान गर्न सस्तो राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सोच्नुपर्ने बताउँदै राष्ट्रिय एकता अपरिहार्य भएको उल्लेख गरे।

“आजको विषम घडीमा गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज आवश्यक छ,” प्रसाईले भने, “यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो। अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने साझा जिम्मेवारी पूरा गर्न।”

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १९:१४