२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

केन्द्रीय कारागारबाट भागे ३३ सय कैदी, टोपबहादुर पनि फरार

२५ भदौ, काठमाडौँ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।

सोही कारागारमा रहेका टोपबहादुर रायमाझी पनि फरार भएका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १६:१६