प्रधानमन्त्री ओलीले दिए राजिनामा
२३ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
हिजो सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उहाँले पदबाट राजीनामा दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:२८








