ओली सत्ताले गरेको हत्याको बिरोधमा करिष्मा मानन्धरले छाडिन एमाले
२४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण प्रदर्शनमा रहेका २० जना युवाहरूको हत्या गरेको २४ घण्टा नबित्दै ओलीलाई बा मानेर एमाले प्रवेश गर्नुभएको करिष्मा मानन्धरले एमाले परित्यागको घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै अब जनताकै कलाकार भएर रहने घोषणा समेत गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
यस्तो छ करिष्माको पूरा टिप्पणी
मानव भएर जन्मिएको नाताले,
मानवता नै मेरो पहिलो प्राथमिकता हो ।
न्याय मेरो पहिलो प्राथमिकता हो ।
आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो ।
र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।
अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।
म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु ।
Heartfelt tribute to the departed children.
Your sacrifice will surely be valued by this Nation .
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:५६








