९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कर्फ्युका कारण आज सेयरबजार बन्द रहने

२४ भदौ, काठमाडौं। आज सेयर बजार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै भदौ २४ गते सेयर बजार बन्द रहने जानारी दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज कर्फ्यू आदेश जारी गरेकाले सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाण्डौ जिल्लाको चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार आज ९ २०८२ भदौ २४० को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : September 9, 2025 at 9:50 am