२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

सहकारी ठगीको अभियोगमा जेलमा रहेका रविको दोस्रो विज्ञप्ति सार्वजनिक

२४ भदाै, काठमाडाैँ । सहकारी ठगीको मुद्दामा कारागार (जेलमा) रहेका रवि लामिछानेको दोस्रो विज्ञप्ति जारी गरेका छन । ठगीको अभियोगमा पूर्पक्षका लागि नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

जेन्जी पुस्ताको प्रदर्शन दमनको नाममा सरकारले १९ जना युवाको हत्या गरेपछि रविले ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, ‘सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्। त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस्, आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस्, आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस्।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०७:१७