२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

बालेनले ओलीलाई भने, ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादीहोस्’

२३ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओली माथि निर्मम टिप्पणी गर्नुभएको छ । ओली नेतृत्वको सत्ताले एकै दिन भ्रष्टाचारविरूद्ध प्रदर्शनमा निस्किएका २० जनाको ज्यान लिएपछि बालेनले सोमबार साँझ सामाजिक सञ्जाफ फेसबुकबाट ओलीप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
dainiki.com
उहाँले भन्नुभएको छ, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।’

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २३:५८