प्रहरीको गोलीबाट २० जना युवाको ज्यान गएपछि गृहमन्त्रीको राजीनामा
२३ भादाै, काठमाडाैँ । प्रहरीको गोलीबाट २० जनाको युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । उहाँले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कांग्रेस नेताहरूले बताएका छन । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर काठमाडाैँमा १८ र इटहरीमा २ गरी २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २०:२७








