६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रिभर फल्सको शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

२३ भदौ, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँ बराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको बेशीसहर, पोखरा, वीरगञ्ज,इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 8, 2025 at 9:17 am