अन्तिम कारोबारको दिन यी कम्पनीको सेयरमूल्य बढ्यो धेरै
१९ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.८६ अंकले घटेर २७२५.४६ को बिन्दुमा बन्द भएको छ ।
आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन हिमस्टार उर्जाको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य यस दिन ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन विन्ध्यावासिनी हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.०५ प्रतिशत, उपकार लघुवित्तको सेयरमूल्य ५.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:14









