२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय

१९ भदौ, काठमाडौं। हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ २७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ भदाै २६ गतेभित्र नेप्समा कारोबार भई कायम हुने इकाइधनीहरुले मात्रै घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

‘हिमालयन ८०–२०’का इकाइधनीहरुलाई करसहित १६.१६ प्रतिशत नगद लाभांश  प्रदान गर्ने घोषणा गरेकाे छ ।

प्रकाशित मिति : September 4, 2025 at 12:06 pm