२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ भदाै, काठमाडाैं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्दैछ। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्। यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

प्रकाशित मिति : September 4, 2025 at 10:22 am