२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

नेपाल लाइफ क्यापिटलले बाेलायाे साधारण सभा

१९ भदौ, काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले  असोज १० गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा १२ औं वार्षिक साधारण सभा बोलाएको हो।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन/थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।

प्रकाशित मिति : September 4, 2025 at 9:56 am