२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भर्नुभयो त ? जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

१९ भदौ, काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटलका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 4, 2025 at 9:28 am