६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

बुङ्गल हाइड्रोको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

१८ भदौ, काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा १८ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आजसम्म १८ लाख ९ हजार ८६४ जनाले २ अर्ब ४ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १६ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा १२ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 17:38