२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण

१६ भदौ, काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र कारोबार स्थगन भएको जनाएको हो ।

कम्पनीको भदौ ११ गते सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा भदौ १६ गते प्राप्त भएकाले धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) अनुसार, धितोपत्र मूल्यमा असर पार्ने सूचना, जानकारी वा निर्णय उत्पन्न भएमा सम्बन्धित सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई पेश गर्नुपर्ने व्यवस्था रहेको छ। कम्पनीले यस नियमको पालना नगरेको भन्दै नेप्सेले भदौ १६ गतेबाट अप्पर स्याङ्गे हाइड्रोपावरको धितोपत्र कारोबार स्थगित गरेको छ।

साथै, कम्पनीलाई ३ कार्यदिन भित्र, समयमै जानकारी पेश गर्न नसकिएको कारण र सञ्चालक समितिको निर्णयको छायाँ कपीसहित स्पष्टिकरण बुझाउन नेप्सेले कम्पनीलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : September 1, 2025 at 3:40 pm