प्रि ओपन सेसनमा साढे १८ अंकले बढ्यो नेप्से
१६ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १८.५६ अंकले बढेर २७६८.३९ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ६८ स्टकको ९९ पटकको कारोबारमा १५ लाख ९९ हजार ७९५ रुपैयाँ ७० पैसाबराबरको २ हजार ८४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : September 1, 2025 at 10:58 am









