७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता

१२ भदाै, काठमाडाैं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर भएकाे हाे ।

गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : August 28, 2025 at 5:23 pm