पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता
१२ भदाै, काठमाडाैं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर भएकाे हाे ।
गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:२३












