रास्वपा नेता अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा अनुसन्धान गर्न अनुमति दिएको हाे ।
एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्। पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १५:४३












