१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

अन्तिम कारोबारको दिन यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१२ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ छ । आज नेप्से  ३८.१० अंकले घटेर २७८२.०० को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँको कबारोबार भएको हो ।

बिहीबार कुल २४ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ । यस दिन विकास हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यस दिन मैलुङ खोला जलविद्युतको ३.६२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १५:२०