हिमालयन र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयाे सर्वाधिक काराेबार
१२ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ छ । आज नेप्से ३८.१० अंकले घटेर २७८२.०० को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँको कबारोबार भएको हो
आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ३५ करोड चार लाख रुपैयाँ, शिवम् सिमेन्टको २२ करोड ४२ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १९ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १५:१६














