७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

यसरी हेर्नुहोस् माबिलुङ इनर्जीको आईपीओ नतिजा

८ भदाै, काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।

कम्पनीकाे मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सोहीमध्येका १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकामध्ये ४ जना भाग्यशालीले थप १/१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् ।

यसरी बाँडफाँड गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँड गरिएको छ। अर्थात ४ जनाले कम्पनीको ११ कित्ताका दरले सेयर प्राप्त गरेका थिए। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo,सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/ सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login बाट हर्न सकिने छ ।

प्रकाशित मिति : August 24, 2025 at 10:05 am