१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कांग्रेसको कोटामा पूर्वाधार विकास बैंकका अध्यक्ष बनेका डा विमल कोइराला बर्खास्त

७ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको कोटामा पूर्वाधार विकास बैंकका अध्यक्ष बनेका डा. विमल कोइराला बर्खास्त भएका छन ।  बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेको समयमा कोइराला बर्खास्तमा परेका हुन । गत बुधबारको सञ्चालक समिति बैठकले कोइरालालाइ हटाउने निर्णय गरेको हो ।

कोइारालालाइ हटाएपछि रिक्त रहेको अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन् । बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाएको भन्दै कोइरालाले दुःख प्रकट गरेका छन । कोइरालाले बर्खास्तगीको बारेमा उचित समयमा बोल्ने पनि बताएका छन ।कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति गरेको थियो।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ०८:५८