१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

६ माघ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा संवैधानिक परिषद्ले बालानन्द पौडेललाई सिफारिस गरेको छ ।आइतबार बसेको संवैधानिक परिषद्को बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरिएकाे हो । सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार १८:१८