१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

काठमाडाैंकाे थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

२३ साउन, काठमाडाैं ।  नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडाैंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडाैंको थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

शुक्रबार आयोजित औपचारिक समारोहमा प्रमुख अतिथि खानेपानी, उर्जा तथा सिचाँइ मन्त्री कृष्ण कुमार तामाङ र लेमिनार टायल्सका निर्देशकद्वय श्याम खेतान र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक श्याम खेतानले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। अर्का निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

प्रकाशित मिति : August 8, 2025 at 5:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/